Logo
Logo

यू-१९ टोलीका २४ खेलाडी क्यानले बोलायो दोस्रो चरणको क्याम्पमा


882
Shares

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ टोलीका २४ खेलाडीलाई दोस्रो चरणको क्याम्पका लागि बोलाएको छ ।

यू–१९ विश्वकपका लागि खेलाडी छनोट गर्न क्यानले अर्को क्याम्प सञ्चालन गर्ने भएको हो । नेपालले आगामी चैतमा आईसीसी यू–१९ विश्वकपको एसिया छनोट आयोजना गर्दैछ ।

जसमा नेपालसहित अफगानिस्तान, युएई, हङकङ र ओमानले प्रतिस्पर्धा गर्नेछन् । यो छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने यू–१९ विश्वकपमा स्थान पक्का गर्नेछ ।

यसअघि पहिलो चरणमा ३६ खेलाडी छनोट गरिएको थियो । पहिलो चरणको बन्द प्रशिक्षणको आधारमा दोस्रो चरणका लागि खेलाडी छनोट गरिएको हो ।

क्याम्पका लागि बिपिन शर्मा, नरेन भट्ट, अभिषेक तिवारी, नितिश पटेल, साहिल पटेल लगायतलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्