काठमाडौं । बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियू निर्वाचनअन्तर्गत अहिले मतदान जारी छ । यसअघि विवादका कारण रोकिएको आज शान्तिपूर्ण मतदान भइरहेको छ ।

निर्वाचन स्थलमा पत्रकारलाई भने प्रवेश निषेध गरिएको छ भने मतदान गरिसकेका विद्यार्थीलाई समेत पुनः छिर्न दिइएको छैन । यहाँ नेविसंघको सभापति पदका लागि दुई उम्मेदवा छ ।
नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार छन् भने बागी उम्मेदवार भूपि ऐर । परियार सभापति शेरबहादुर देउवा पक्षकी हुन् भने ऐर महामन्त्री गगन थापा पक्षकी हुन् ।
पद्मकन्यामा स्ववियु निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले गठबन्धन गरेका छन् । सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे छिन् । सचिवमा अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राई छन् ।














