
काठमाडौं । नेपाल भ्रमणमा रहेका मल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर पोप्सोइले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
उनीहरुबीच दुुई पक्षीय सम्बन्ध र हित लगायत जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यापारिकसम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले हिमालदेखि समुुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्दामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि उनलाई आग्रह गरे ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सहभागी थिए ।














