Logo
Logo

दलित परिवारको उठीबास लगाउने घटनाले तात्यो संसद


819
Shares

काठमाडौं । सांसदहरुले सिरहाको औरहीमा महायज्ञको नाममा दलित समुदायमाथि अत्याचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनीहरुले सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दीपक मलिक (डोम)को घर भत्काइएको भन्दै आपत्ति जनाएका हुन् । साथै उनीहरुले दलित समुदायमाथि अत्याचार गर्नेलाई कारवाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरेका छन् ।

सांसद जीवन परियारले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलिप यादवसहितका व्यक्तिहरुबाट मिलेमतोमा उक्त कार्य भएको भन्दै दोषीलाई कारवाही गर्न माग गरे । पीडित परिवारको न्यायका लागि उनले माग गरे ।

त्यस्तै सांसद मनिष झाले औरहीमा महायज्ञको नाममा दलित समुदायमाथि अत्याचार भएको घटनाको भत्र्सना गर्दै यसमा संलग्नलाई कारवाही गर्न माग गरे ।

सांसद अब्दुल खानले चैत्र १७ देखि हुन लागेको विष्णु महायज्ञलागी पूजास्थल नजिकै रहेको दीपक मलिक (डोम)को घर भत्काएपछि विस्थापित हुन पुगको बताए । दलित परिवारलाई उठीबास लगाउने गैरकानूनी हर्कत हुँदा पनि स्थानीय प्रशासन मौन बसको भन्दै उनले आपत्ति जनाए ।

त्यस्तै अन्य सांसदहरुले पनि दलितको घर भत्काएर महायज्ञको तयारी गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्