काठमाडौं । राजावादीको आन्दोलन नियन्त्रण गर्न नसक्नुमा सुरक्षा निकायको गम्भीर कमजोरी रहेको समीक्षा भैरहेको बेला आन्दोलनको नियन्त्रणका लागि खटिने सशस्त्र प्रहरी बलको उपत्यका नेतृत्वपूर्ण रुपमा असफल भएको छ ।

सशस्त्र प्रहरी आफैमा अर्धसैन्य संरचनाको फौज हो । नेपालमा सशस्त्र प्रहरीले सेना र नेपाल प्रहरी दुवैलाई आवश्यकता अनुसार सहयोग गर्दै आएको छ । आन्दोलनको समयमा होस, विपदको समयमा होस वा कुनै पनि संकटका बेला होस सशस्त्र प्रहरीले दुवै सुरक्षा अंगलाई सहयोग गर्ने र सीमा सुरक्षाका लागि खटिने गरेको छ । शुक्रबार पनि खटिएको थियो । एक महिला प्रहरी कर्मचारी घाइते भएकी थिइन । उनी लगायतका अन्य सशस्त्र प्रहरी घाईते भएपछि युएनमा काम गरेको, स्टाफ कलेज गरेको काबिल अफिसर भन्ने हरुको सर्टिफिकेटले फिल्डमा काम नदिएको हलचोकमा चर्चा चलेको छ ।
उपत्यकामा आन्दोलन हुन थालेपछि आत्तिएका पशुपतिनाथ बाहिनिका डिआइजी सुरेश श्रेष्ठ त्यस्ता आन्दोलनमा सशस्त्र प्रहरीको भूमिका के हो भन्दै हेडक्वाटरमा अन्तक्र्रिया गरेका थिए । उनको यस्तो अन्र्तक्रियालाई सुरक्षा योजना बनाएको हो कि एनजिओले रिपोर्ट तयार पार्ने कार्यक्रम जस्तो हो भनेर छुट्याउन नसकेको एक अधिकृतले बताए ।
उनले पूर्वडिआइजी माधव थापा, दिलीप श्रेष्ठ र पूर्वएआइजी नारायणबाबु थापालाई बोलाएर लौ न हजुर आन्दोलन हुन थाल्यो कसरी काम गरौँ भन्दै रोइलो गरेका थिए । जबकि माधव थापाले त्यसबेला गरेको हुलदंगा नियन्त्रण कार्य ‘डेट एक्सपायर’ भएको भन्दै तालिमेहरुलाई यस्तो कार्य नगर्नु भन्दै निर्देशन दिने गरिएको छ । दिलिप श्रेष्ठ पनि राम्रो कमाण्ड गर्ननसक्ने अधिकृत हुन । उनलाई पनि बोलाएर कुरा सुन्न थालिएको थियो । नारायण बाबु थापाले भने अहिलेको अवस्था र अघिल्ला जनआन्दोलनको अवस्था फरक रहेको र अहिले जनतामा डेलिभरी नभएकोगुनासो हो व्यवस्थाप्रति गुनासो छैन त्यही अनुसार अघिबढ्नुपर्ने सुझाव दिएका थिए ।
माधव थापाले चाहिँ आफू निकै बहादुर भएको भन्दै धेरै नेताहरुको कठालो समातेको भन्न भ्याएका थिए । उनले यस्ता आन्दोलनले केही हुँदैन भनेपनि डिआइजी त्यसलाई पत्याएर बसेका थिए । २०६२ को आन्दोलनमा पनि ग्यासगन नखोसिएका तर यसपल्ट ग्यासगन खोसिएपछि फिल्ड कमाण्डरलाई कुनै पनि आदेश नदिएका डिआइजी श्रेष्ठ त्यसदिन कता गएकाथिए भनेर बेलुकी सिपाहीहरुले खोजेका थिए । ‘फिल्ड अफिसरलाई आदेश नदिने नालायक डिआइजीलाई संगठनबाटै हटाउनु पर्ने भन्दै आवाज आएको छ’, सशस्त्रका एक अधिकृतले भने ।
फिल्डमा ड्युटी परिचालन गर्न नसकेर सैद्धान्तिक कुराले कसरी पार लाग्ला भन्ने चर्चा हलचोकमा छ । न्याउरो मुखमा देखिएका डिआइजीलाइ भ्याली कमान्ड बोकाको मुखमा कुभिन्डो भएको छ । अन्तरक्रिया भनिएको कार्यक्रममा उनकै मातहत किर्तिपुर गणका गणपती रोशन घिमिरेलाई टोलि परिचालनको खाका सुनाउन लगाएका थिए । घिमिरेले पूर्व हाकिमहरुलाइ यो आन्दोलन कस्तो होला हजुर भन्दै कसरी परिचालन हुने भनेर निरिहता देखाएका थिए ।
डिआइजी श्रेष्ठले यस्तो अन्र्तक्रिया गर्दा राजावादी समूहले देशव्यापी आन्दोलनको घोषणा गरिसकेको थियो । शुक्रबार आन्दोलन नै भयो । दुर्गा प्रसाई आफैले गाडी चलाएर सुरक्षाकर्मीमाथि नै मानसिक रुपमा पेलेर दबाब दिएका थिए । त्यहाँ सशस्त्र प्रहरी पनि खटिएका थिए । एसपीकै कमाण्डमा सशस्त्र प्रहरी खटिएको थियो । तर प्रसाईलाई नियन्त्रणमा लिन विषय नेपाल प्रहरीलाई सुझाव दिन सकेको थिएन । सुरक्षा अधिकारीहरुले सशस्त्रको भ्याली कमाण्ड फितलो भएको र यसरी कमाण्ड हुननसक्ने बताउन थालिसकेका छन् । शुक्रबार साँझ नै डिआइजी श्रेष्ठलाई एनजिओको कार्यक्रम गर्ने कि कमाण्ड गर्ने भनेर अधिकृतहरुले प्रश्न समेत गरेका थिए ।











