Logo
Logo

हङकङबाट राहत प्रदान


- दृष्टि न्युज/संवाददाता


धरान, २८ असार । लकडाउनका कारण लाँधाली सामुदायिक वनको भवनमा राखिएका धरानका सडक मानवहरुलाई नेपाल हङकङ समन्वय समाजको तर्फबाट राहत सामग्रीहरु वितरण गरिएको छ ।

हालै वितरण गरिएको सामग्रीहरुमा त्यहाँ बस्ने ८१ महिला पुरुषलाई चप्पल, लुङ्गी, टाउजर, भेष्ट रहेको छ । यसैगरी ओलिफ क्याफेको तर्फबाट चाउचाउ र पोर्चुगलका व्यवसायी केन्द्र लिम्बूले एक छाक खाना नास्ताको व्यवस्था गरेका थिए । हालै हङकङमा गठन गरिएको समन्वय समाजले यसअघि पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३०० थान कोरोना परीक्षण सामग्रीहरु प्रदान गरेको कुरा समाजका सल्लाहकार नानीचन्द्र सिंगकले जानकारी गराए ।

हालै सामग्री वितरण कार्यक्रममा समाजको तर्फबाट गीतकार मिना सिंगक, नानीचन्द्र सिंगक, ०६३ का मिष्टर धरान दिनेश सिंगक, नायिका तथा मोडल रेखा फागो, समाजसेवी कमला सुब्बा, निकेन राई, केन्द्र लिम्बू, अर्विन पोमो रहेका थिए ।

कोभिड–१९ का कारण अधिराज्यभरी लकडाउन भएदेखि सडकमा वस्नेहरुलाई एकिकृत गरी धरान उपमहानगर पालिकाले लांधाली सामुदायिक वनको भवनमा राख्ने व्यवस्था मिलाएको थियो । नगरपालिका र विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिगतरुपमा दाताहरुले दिएको खाना नास्ता खुवाएर राखिँदै आएको थियो । तर यसै हप्तादेखि उनीहरुलाई धरान उपमहानगरपालिकाले खाना दिन नसक्ने भएपछि इटहरीको मायाघर नेपालले ढेड महिनाको लागि खानाको व्यवस्था गर्ने भएको कुरा नेपालका अध्यक्ष राधिका दासीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्