Logo
Logo

वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित


567
Shares

काठमाडां । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैथियो । तर, काठमाडौं उपत्यकामा रातिदेखि परेको वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित भएको छ ।

बिहान ९ बजे सुरु हुनपर्ने खेल वर्षाका कारण अहिलेसम्म सुरु हुन सकेको छैन । अहिले पानी पर्न रोकिएपनि मैदान सुक्न समय लाग्ने भएकाले खेल सुरु हुन केहि समय ढिलाई भएको हो ।

अर्को वर्ष आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा स्थान पक्का गर्ने लक्ष्यसहित दुई बलिया टोली नेपाल र अफगानिस्तान मैदानमा उत्रिँदैछन् । आजको खेलमा विजयी हुने टोलीले २०२६ मा आयोजना हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्