Logo
Logo

तोडफोडको डरले बानेश्वर-बबरमहलका घरहरुमा सटर डाउन


882
Shares

काठमाडौं । बबरमहल–बानेश्वर सडक दायाँबायाँका सटरहरु बन्द गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज सो क्षेत्रमा लक्षित प्रदर्शन थालेपछि व्यवसायीहरुले सटर बन्द गराएका हुन् ।

सो सडकमा १९ दिनदेखि शिक्षकहरुको आन्दोलन जारी छ । शिक्षक आन्दोलनमा बन्द नभएको सटरहरु तोडफोडको डरले आज बन्द गरिएको हो ।

राप्रपाले निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्न लागेपछि आफनो पसलमा तोडफोड हुनसक्ने डरले सटर बन्द गरिएको एक व्यवसायीले बताए । यसअघि चैत १५ मा भएको राजावादी आन्दोलन हिंसात्मक बन्दा तीनकुनेमा आन्दोलनकारीले व्यक्तिको नीजि सम्पत्तिमाथि तोडफोड आगजनी गरेका थिए भने दुई जनाले ज्यान गुमाउनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्