काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै प्रहरीले निगरानीमा राखेको छ ।
आइतबार राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यसअनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरमा निषेधित क्षेत्र अगाडि प्रदर्शन गरिरहेका छन् । राप्रपाका केही सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छन्।

राप्रपाका प्रवक्तासमेत रहेका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूलाई संसदीय दल कार्यालयबाट बाहिर निस्किन नदिन प्रहरी आएर बसेको बताएका छन् । उनीसहित दीपकबहादुर सिंह र बिना जयसवाल कार्यालयमा छन् । प्रहरीको दुईवटा भ्यान संसदीय दलको कार्यालय बाहिर राखिएको छ ।














