Logo
Logo

निषेधित क्षेत्रमा पुग्दै नपुगी प्रहरीले धरपकड गर्न खोजे : राप्रपा सांसद सिंह


945
Shares

काठमाडौं ।  सिंहदरबारट फुत्किएर राप्रपा सांसद दिपक सिंह निषेधित क्षेत्रमा पुग्दै नपुगी प्रहरीले धरपकड गर्न खोजेको आरोप लगाएका छन् । आइतबार प्रदर्शनका क्रममा उनले बबरमहल क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी निषेधित क्षेत्रमा पनि पुगेका छैनौँ । त्यही धरपकड गर्न खोजेको हो,’ उनले भने, ‘जनताको आवाज राप्रपाले उठाउन खोज्ला हदसम्म तानी तानी उनीहरूले दबाउन खोजेका छन् । हामीले जति धरपकड गरे पनि दब्ने वाला छैनौँ,’ उनले भने ।

सिंहदबारमा केही बेर अघि अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यति बेला सांसद सिंह पनि त्यहीँ थिए । 

प्रतिक्रिया दिनुहोस्