Logo
Logo

राप्रपाको प्रदर्शनमाथि मानव अधिकार आयोगको अनुगमन


945
Shares

काठमाडौं ।  राप्रपाले आज राजधानी काठमाडौंमा आयोजना गरेको प्रदर्शनको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली खटिएको छ ।

आयोगका प्रतिनिधिहरूले बानेश्वर, बिजुलीबजार, बबरमहल, माइतीघर र सिंहदरबार आसपासका क्षेत्रहरूमा प्रदर्शनको स्थिति अवलोकन गरेका हुन् ।

यसअघि पनि आयोगले चैत १५ गते तीनकुनेमा राजावादी समूहद्वारा गरिएको प्रदर्शन र चैत २६ गते बल्खुमा राप्रपाद्वारा गरिएको प्रदर्शनको अनुगमन गरेको थियो । तीमध्ये तीनकुनेको प्रदर्शन केही हिंसात्मक बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्