Logo
Logo

नेपाल प्रहरीमा १० डीआईजी पद रिक्त, को-को छन् प्रतिस्पर्धामा ?


5.1k
Shares

काठमाडौं ।  नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी) पदका १० स्थान रिक्त भएका छन् । हालै ६ डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाको सिफारिस गरेपछि डीआईजी पदको रिक्तता १० पुगेको हो ।

यी रिक्त पदका लागि चार फरक समूहबीच बढुवाको प्रतिस्पर्धा सुरु भएको छ । प्रतिस्पर्धामा राष्ट्रिय अनुसन्धान विभाग ९राअवि०बाट आएर प्रहरीमा समाहित भएका अधिकृतहरु र प्रहरीमै भर्ना भएका अधिकारीहरु छन् । राअविबाट आएका ओमबहादुर राना, माधव श्रेष्ठ, सुरेन्द्र गुरुङ, दिलीप देउवा, दीपेन्द्र क्षेत्री, दीपक बस्नेत, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जिव शर्मा दास र शारदाप्रसाद चौधरी प्रतिस्पर्धामा छन् ।

उता प्रहरीमै भर्ना भएका टोलीमा १८ चैत २०५४ र ३ असार २०५६ मा निरीक्षक पदमा प्रवेश गरेका अधिकृतहरु छन्। दीपक रेग्मी, सुदर्शन कोइराला, विश्व अधिकारी, सानुराम भट्टराई, शेखर खनाल, नारायण काफ्ले, सोमेन्द्र राठौर, मुकुन्द मरासिनी, दीप शमशेर जबरा, गंगा पन्त, कृष्णबहादुर पल्लीमगर, तारादेवी थापा लगायत १५ जना यस दौडमा छन् ।

डीआईजी नहुँदा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय एसएसपीको भरमा चलिरहेका छन्। त्यहाँ कार्यरत डिआईजीहरु ४ चैतमा अनिवार्य अवकाशमा गइसकेका हुन् । प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार जतिसक्दो छिटो डीआईजी बढुवा गरी ती प्रदेशमा पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्