Logo
Logo

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ


378
Shares

काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध दायर रिटमाथि आज पनि सुनुवाइ हुँदैछ ।

हिजो आइतबारदेखि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइमा महान्यायाधिवक्ता रमेश बडालले सरकारको बचाउ गर्दै बहस गरेका थिए । आज पनि उनले नै थप बहस गर्नेछन् । त्यसपछि संवैधानिक निकायका कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।

यस मुद्दालाई किनारा लगाउने उद्देश्यले संवैधानिक नियुक्तिविरुद्धका १५ वटै रिट एकै ठाउँमा राखेर आइतबारदेखि सुनुवाइ थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्