Logo
Logo

कांग्रेसकै नेताहरूले आफ्ना प्रहरीलाई सिध्याए


23.8k
Shares

काठमाडौं । गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को पद रिक्त भएको एक महिनापछि बिहीबार ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई बढुवा गर्ने क्रममा ०५३ सालको व्याचलाई छुटाइयो । बढुवा समिति सचिवालयले निकालेको सूचीमा ०६३ को व्याचलाई छुटाएर ०५४ को व्याचलाई मात्रै समेटिएको थियो । जसले गर्दा आगामी नेतृत्वमा राष्ट्रिय अनुसन्धान विभागबाट आएकाहरूलाई रोकिने प्रष्ट संकेत गरेको छ ।

यो सूचीको अन्तिममा नक्कली भुटानी शरणार्थीको अनुसन्धान गरेका डिआइजी मनोजकुमार केसी पनि अटाएर इज्जत जोगाएको भए पनि ०५३ को व्याचलाई छाड्नुचाहिँ अन्याय भएको थियो । पहिलोमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत डिआइजी चन्द्रकुँवेर खापुङ, दोस्रोमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा रहेका लालमणि आचार्य र तेस्रोमा कृष्णहरि शर्मा पोखरेलको बढुवा सिफारिस गरिएको छ । उनीहरू नेपाल प्रहरीमा २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक भएर सेवामा प्रवेश गरेका थिए । उनीहरू मध्ये एकजना दुई महिनाका लागि आइजीपी हुनेछन् ।

२०५४ चैत १८ मा प्रवेश गरेकाहरू दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसीको पनि बढुवा सिफारिस भएको छ । २०५२ को व्याच बाहिरिएपछि उनीहरुमध्ये एक जना आइजीपी हुनेछन् । तर आउदो जेठमा लालमणी आचार्य बाहिरिएपछि ०५३को व्याचबाट एक जना एआइजी हुनेछन् । जो हुन्छन उनी एक महिनाको फरकमा एआइजी हुने भएकाले आइजीपीको प्रतिस्पर्धामा रोकिने अवस्था भने छैन ।

गत चैत ४ गतेदेखि आइजिपी बसन्तबहादुर कुँवरसहित ८ जना वरिष्ठ अधिकृतहरू ३० वर्षे सेवा अवधि सकेर अवकासमा गएका थिए । एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई बिदा भएका थिए । त्यस्तै डिआइजी ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द पनि अवकासमा गएका थिए । त्यसपछि दीपक थापालाई नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बनाइएको थियो ।

६ वटा एआइजीको पद रिक्त भएको एक महिना भएपछि निस्किएको हो । विद्यमान ऐन कामयमै रहेमा भदौ १९मा आइजिपी थापा अवकासमा जानेछन् । उनी अवकासमा गएपछि अहिले एआइजी सिफारिस भएकामध्येबाट एक जना ३२ औं आइजिपी हुनेछन् । २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका डिआइजीहरू सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर र उमाप्रसाद चतुरवेदी पनि बढुवा हुने लाइनमा थिए ।

डिआइजी मनोज केसीलाई यस पटकको बढुवामा छुटाएर सिद्धिबिक्रम शाहलाई नै अघि सार्ने गृहमन्त्री रमेश लेखकको चाहनामा कांग्रेसीहरु नै बाधक भएका थिए । त्यसका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टाउको हल्लाएर साथ दिएका थिए ।

केसीसँग नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू केसीसँग असन्तुष्ट थिए । पटकपटक सरूवा गरी केसीलाई अनुसन्धान गर्ने निकायबाट पन्छ्याउँदै आएका कारण डिआइजी मनोज केसीलाई बढुवामा छुटाउने धेरैको आशंका भएपनि कांग्रेसका केही नेताहरुले छुटाउन चाहेनन । त्यसमा प्रधानमन्त्री सहमत भएपछि गृहमन्त्री लेखकको कुनै जोड नचलेको हो । उनको सट्टामा डिआइजी शाहलाई नै अघि सार्नुपर्ने गृहमन्त्री लेखकले जोडमा नुवाकोटे अर्जुननरसिंह केसीहरुले साथ दिएका थिएनन ।

यसअघि कार्की, अधिकारी र केसी सिद्धिबिक्रम शाह भन्दा ६ महिना अगावै बढुवा भएका थिए । शाहसहितको ब्याचलाई गत मंसिरमा मात्रै बढुवा गरिएको थियो । कार्कीको ब्याच गत जेठमै बढुवा भएका थिए । चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनले पनि एआइजीको बढुवा सूची निकाल्न ढिला भएको थियो ।

उक्त आन्दोलनका कमाण्डरलाई पक्राउ गर्न पनि डिआइजी शाहकै नेतृत्वमा समिति बनेको थियो । जसले भारतको असमबाट प्रसाईंलाई पक्राउ गरी नेपाल ल्याएको थियो । नक्कली भूटानी शरणार्थी प्रकरणमा मनोज केसीलाई धन्यवाद दिने गगन थापा पनि दूर्गा प्रसाई पक्राउ गर्ने सिद्धि विक्रमका लागि सकारात्मक बन्न सकेनन’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो ।

गगन थापाले नै सरकारको आलोचना गर्न थालेपछि एआइजी बढुवामा केसीलाई समावेश गर्नैपर्ने अवस्था आएको र उनको ब्याचबाट तेस्रो नम्बरमा राखेर बढुवा गरिएको स्रोतले जनाएको छ । यसअघि एसएसपीबाट डिआइजीमा बढुवा हुँदा मनोज केसी दोस्रो नम्बरमा बढुवा भएका थिए, कार्की पहिलो र अधिकारी तेस्रो नम्बरमा थिए । तर अहिले एआइजीमा बढुवा गर्दा भने केसी उनको ब्याचबाट तेस्रोमा झारिएको छ ।

तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणसमेत मुछिएको नक्कली भूटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्दा मनोज केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख थिए । उनकै नेतृत्वको टोलीले खाणलाई २०८० वैशाख २७ गते काठमाडौंस्थित निवासबाट पक्राउ गरेको थियो । खाँण पक्राउ परेपछि गगन थापाको समूहले तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालय पुगेर धन्यवाद दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्