Logo
Logo

डिआइजीमा लट उछिन्ने र व्याच मिच्ने खतरा


15.2k
Shares

काठमाडौं । नेपाल प्रहरीमा ६ डिआइजीहरु एआईजीमा बढुवा सिफारिस भएपछि १० डिआइजीका लागि लट उछिन्ने र व्याच मिचिने खतरा बढिरहेको छ । डिआइजीका लागि १८एसएसपीले दावी गरिरहेका बेला शक्ति केन्द्रको पहँुच देखाएर व्याच मिचिने र लट उछिन्ने खतरा बढेको हो । अहिले डिआइजी बढुवा हुनेहरु नै करिब ३ वर्षपछि प्रहरीको नेतृत्व सम्हाल्ने भएकाले डिआइजी बढुवाका लागि १८ एसएसपीहरु दौडधुपमा लागेका हुन् ।

कांग्रेस एमालेको सरकार भएका बेला आफूले गुन लगाएका नेताहरु भेटघाट गर्ने, मन्त्रीहरुलाई भनुुसुन गर्नेसम्म हुन थालेको छ । ‘ब्याच उछिन्नेदेखि बढुवा लट मिच्नेसम्मका खेल बढ्ने संकेत देखिएको छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो । यसअघि बढुवामा नपरेका ओम राना यसपटक सिधै बढुवामा पर्ने संभावना रहेको छ । उनको पृष्ठभूमि विवादित रहेको भएपनि भ्रष्ट नेताहरूले काँखी च्यापेका छन् । लागुऔषध व्यूरोमा रहेका सुदर्शन कोइराला अर्का प्रमुख दावेदार हुन् । उनको पनि डिआइजी बढुवामा संभावना रहेको छ । जयराज सापकोटा र दीपेन्द्र घर्ती क्षेत्री पनि यसैपल्ट डिआइजी हुँदैछन् ।

अहिलेको डीआइजी बढुवाका दाबेदार प्रहरी निरीक्षक आधारभूत तालिमको टोली नम्बर ११२ का अधिकृत हुन् । २०५६ असार ३ गतेको नियुक्तिपत्र प्राप्त यो अधिकृत टोली डीएसपी बढुवादेखि दुई र तीन लटमा अगाडि बढ्दै रह्यो । एसएसपी बढुवामा तीन चरणमा बढुवा भएका अधिकृत छन् ।

अहिले डिआइजीका लागि १० सीट खालि हुँदा अन्य बढुवा लटका अधिकृतसमेत चलखेलमा सक्रिय छन् । डिआइजी बढुवा पनि त्यही अभ्यासका साथ भयो भने ११२ टोलीबाट पहिलो लटमा एसएसपी बढुवा भएका अधिकृतमात्रै पर्ने स्थिति छ ।

यसअघि बढुवामा पछि पारिएका वसन्त रजौरे पनि यसपटक बढुवाको अघिल्लो लटमा आउन चाहिरहेका छन् । उनीहरू २०८० वैशाख २४ गते एसएसपी बढुवा भएका थिए ।

११२ टोलीकै वसन्त रजौरे २०८० कात्तिक २४ मा एसएसपी बढुवा सिफारिस भएका थिए । श्यामकृष्ण अधिकारी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङ २०८१ जेठ १८ मा बढुवा सिफारिस भएका थिए । त्यसमध्ये अधिकारी ‘राअ टोली’ हुन् । अधिकारीलाई यसपटकको बढुवा महंगो हुने बताइएको छ । उनी शक्ति केन्द्रलाई आफ्नो कब्जामा राख्न सक्ने एसएसपी हुन् । राअको टोली डिआइजीबाट एआइजीमा पनि छुटेकाले उनलाई दिने संभावान कम रहेको छ । उनी अहिले ललितपुर प्रहरी परिसरका प्रमुख हुन् ।

२०६७ पुस २३ गते इस्पेक्टरबाट डीएसपी एक साथ बढुवा भएको थियो । तर, २०७५ जेठ २९ मा यो टोलीका २६ जना एसपीमा बढुवा भए । त्यसमा विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, भूपेन्द्रकुमार खत्री, सोमेन्द्रसिंह राठौर, अभिनारायण काफ्ले, वसन्त रजौरेसहितका थिए । अर्को टोली २०७५ फागुन ७ मा एसपी भयो । त्यसमा रमेशकुमार बस्नेत, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङहरू थिए ।

पहिलो लटमा एसपी भएका वसन्त रजौरे दोस्रो लटको बढुवामा परे । तेस्रोमा रमेश बस्नेत २०८० माघ १७ मा बढुवा भए । चौथो लटमा श्यामकृष्ण अधिकारीहरू बढुवा भएका हुन् ।

‘प्रहरी महानीरिक्षक दीपक थापाको निर्णयमा भर पर्ने भएकाले यसपटक वरियता मिचिने संभावना निकै कमजोर रहेको छ, एआइजीको बढुवाले त्यसको संकेत गरेको छ’, प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने । डीआइजीको लाइनमा ११४ टोलीलाई ल्याउनु पर्ने र भावी नेतृत्वका रूपमा उनीहरूलाई अगाडि बढाउनुपर्ने माग पनि थपिएपछि वरियता मिच्ने संभावना निकै कमजोर भएको हो । ‘११४ टोलीलाई ल्याएर ब्याच मिच्ने काम हुँदैन’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो ।

२०५८ साउन १८ मा प्रहरी निरीक्षक नियुक्त भएको टोलीमा रमेश थापा, अजय केसी, अनुपमसमशेर जबरा, वीरबहादुर बूढामगर, नवराज अधिकारी, कृष्ण कोइराला, होविन्द्र बोगटीसहितका छन् । उनीहरू २०८१ माघमा एसएसपी बढुवा भएका हुन् । ११२ टोलीसँगै उनीहरू २०७५ फागुन ७ मा एसपी बढुवा भएका थिए । एसएसपी हुँदा पछाडि परेका थिए । अहिले यो लटमा कमल थापा बढुवा हुनबाट छुटेका छन् ।

सामान्यतया ११२ टोलीबाट २०८० वैशाख २४ मा एसएसपी नियुक्त अधिकृतमध्येबाट अब हुने डीआइजी छनौट गरिने प्रहरी उच्च स्रोतले जनाएको छ । सो मितिमा एसएसपी हुने १८ जना मध्ये अहिले १५ जना प्रतिस्पर्धामा रहेका हुन् ।

विश्व अधिकारी,सानुराम भट्टराई, भूपेन्द्रबहादुर खत्री, ओमप्रसाद अधिकारी,शेखर खनाल,अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर,मुकुन्द मरासिनी,दीपसमशेर जबरा,गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा,प्रज्वल महर्जन, वसन्त रजौरे, श्यामकृष्ण अधिकारी, रमेश बस्नेत अहिले प्रतिस्पर्धी देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्