Logo
Logo

संयुक्त अरब इमिरेट्सका परराष्ट्रमन्त्री नेपाल आउँदै


819
Shares

काठमाडौं ।  संयुक्त अरब इमिरेट्स (युएई)का परराष्ट्रमन्त्री औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।  युएईका उपप्रधानमन्त्रीसमेत रहेका शेख अब्दुल्लाह बिन जायद अल नाह्यान(Sheikh Abdullah Bin Zayed Al Nahyan) भोलि (मङ्गलवार) नेपाल आउन लागेका हुन् ।

उनी चार्टर्ड विमानबाट मङ्गलवार बेलुका नेपाल आइपुग्नेछन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयले शेख अब्दुल्लाहको भ्रमणको आवश्यक तयारी गरिरहेको छ । उनले दुई दिने भ्रमण सकाएर बुधवार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्