Logo
Logo

कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै


819
Shares

काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बैठक बिहान ८ बजे बस्ने भएको हो । यहि बैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बस्न लागेको हो ।

बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए । परीक्षा वैशाख ११ मा शुरु भएर २४ गते सकिने बोर्डको तालिका छ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन् । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि उनीहरू दिनहुँ माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् ।

सरकार र महासंघका प्रतिनिधिबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन । यसैबीच सोमबार शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्