
काठमाडौं । कञ्चनपुरको घटियाघाट सडक छेउमा जलेको अवस्थामा एक परूषकाे शव फेला परेको छ ।
मंगलबार बिहान करिब ६ः४५ बजेतिर बेलौरी तोरीको भुसमा लागेको आगोमा जलेको अवस्थामा शव र मोटरसाइकल भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले सडक छेउमा जलेको अवस्थामा मोटरसाइकलसहित एक व्यक्तिकाे शव भेटिएको जानकारी दिए ।
उनका अनुसार शव पूरै जलेर क्षतविक्षत रहेको सनाखत हुन सकेको छैन । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











