Logo
Logo

शिक्षकका समस्या वार्ताबाट समाधान गरिने


630
Shares

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूका समस्याको समाधान वार्तामार्फत गर्ने प्रतिबद्धता जनाएका छन्। पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पन्तले आफू शिक्षकका माग र समस्यासम्बन्धी जानकारीमा रहेको बताए।

‘शिक्षकहरूले उठाएका मुद्दाबारे अवगत छु,’ मन्त्री पन्तले भने, ‘समस्या समाधानका लागि मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर वार्ताको बाटो अवलम्बन गरिनेछ।’

उनका अनुसार हाल मन्त्रालयको जिम्मेवारी सम्हाल्ने प्रारम्भिक चरणमै रहेकाले विस्तृत धारणा बनाउन केही समय लाग्नेछ। ‘अहिलेलाई विषय बुझ्दैछु, पछि विस्तृत धारणा सार्वजनिक गरिनेछ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्