Logo
Logo

सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चार ट्राफिक प्रहरीलाई कारबाही


3.1k
Shares

काठमाडौं । सर्वसाधारणलाई बिच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरीलाई कारबाही गरिएको छ । उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी गराए ।

ती व्यक्तिमाथि काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो । साथै, घटना गत मङ्सिर ११ गतेको रहेको प्रहरीले जनाएको छ । उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको छ ।

एक जना व्यक्ति कुटिएको भिडिओ बिहीबार बिहानैबाट यति बेला सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्