ब्रसेल्स । नाटोले सन् २०२४ मा ३२ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले आफ्नो कुल आम्दानी (जिडीपी)को कम्तीमा दुई प्रतिशत रक्षा क्षेत्रमा खर्च गरेको जनाएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गरेपछि धेरै युरोपेली देशहरूले आफ्नो सेना र सुरक्षा खर्च बढाएका हुन् । नाटोले सबै सदस्य देशहरूलाई कम्तीमा दुई प्रतिशत खर्च गर्न सल्लाह दिँदै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब त्यो खर्च ५ प्रतिशत पु¥याउन आग्रह गरेका छन् । उनले यदि सदस्य देशहरूले आफ्नो सुरक्षा खर्च गरेनन् भने अमेरिकाबाट सहायता पाउन कठिन हुन सक्ने बताए । नाटोले पहिले २३ देशले यो लक्ष्य पुरा गर्ने अनुमान गरेको थियो, तर अन्तिममा २२ देशले मात्र पुरा गरेका छन् ।
युरोपेली देशहरू र क्यानडाले सन् २०२४ मा संयुक्त रूपमा १९ प्रतिशतभन्दा बढी रकम रक्षा क्षेत्रमा खर्च गरेका छन् । केही देशहरूले चाँडै २ प्रतिशतको लक्ष्य पुरा गर्ने बताएका छन् ।
स्पेनले यसै साता १० अर्ब युरोभन्दा बढी लगानी गरी यो वर्षभित्रै लक्ष्य पुरा गर्ने घोषणा गरेको छ । अमेरिका भने नाटोभित्र सबैभन्दा धेरै खर्च गर्ने देश हो । उसले सन् २०२४ मा नाटोको कुल खर्चको ६४ प्रतिशतभन्दा बढी व्यहोरेको थियो ।











