Logo
Logo

सत्ताधारीको गलत आचरणले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि सङ्कट : चित्रबहादुर केसी


567
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताधारीको गलत आचरणले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि सङ्कट आइरहेको बताएका छन् । आजबाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा शुक्रवारको बैठकमा बोल्दै केसीले सत्तासिन दलहरूले आफ्नो आचरण सुधार नगर्दा लोकतन्त्र, गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको बताए । 

उनले भने, ‘ जनताको लामो सङ्घर्ष र ठुलो बलिदानपछि लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता प्राप्त भयो । राजतन्त्रको कालमा सत्ताको रसस्वादन गरेकाहरूले त त्यसको विरोध गरिरहेकै हुन्छन्, । अहिले हिजो लडेकै जनतामा पनि असन्तुष्टि देखिन्छ । यसको मुख्य कारण सत्तासीनहरूको गलत आचरण हो । ’

केसीले भ्रष्टाचारीलाई सत्ताले संरक्षण गरिरहँदा पनि जनतामा आक्रोश बढ्दै गएको भन्दै उनले दलहरूले आफूलाई बदल्न जरुरी रहेको बताएका छन् ।

उनले भने, ‘आफूले भ्रष्टाचार गरेको छ, भ्रष्टाचारीलाई सत्ताले संरक्षण गरेको छ । यो लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधि हो । आफैँले यस्ता गतिविधि गरेपछि जनतालाई कसरी सम्झाउन सक्नुहुन्छ रु त्यसैले आफूलाई बदल्न जरुरी भयो ।’ 

उनले भने, ‘अहिलेको गणतन्त्रमाथि कालोबादल मडारिएको छ । त्यसैले लोकतन्त्र गणतन्त्रको रक्षा गर्न सबै एक ठाउँमा आउनुपर्छ । हाम्रै कारणले लोकतन्त्र, गणतन्त्र सकियो, धर्मनिरपेक्षता खोसियो भने हामीले कसलाई दोष लगाउने रु त्यसैले हाम्रोबिचमा जतिसुकै मतभेद रहे पनि लोकतन्त्र, गणतन्त्र जोगाउन एकताबद्ध हुनुको विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस्