Logo
Logo

भारतका लागि नेपाली राजदूत र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता


630
Shares

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग भेट गरेका छन्।

भेटमा, पहलगाम आतङ्कवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएको घटनामा नेपालका राजदूतले समवेदना व्यक्त गरे । भारतका विदेशमन्त्री जयशंकरले एक्समा लेख्दै उक्त घटनामा नेपालका पक्षबाट संवेदना प्रकट गरिएको जानकारी दिएका छन् ।

त्यसैगरी, द्विपक्षीय सम्बन्धमा भएका विकासका विषयमा पनि छलफल भएको उनले बताए । राजदूत शर्माले आफूले विदेशमन्त्रीसँगको भेटमा पहलगाम घटनामा भएको क्षतिप्रति नेपाल सरकारको समवेदना व्यक्त गरेको र यस घटनाको विरोधमा नेपाल सरकार र नेपाली जनताको भारत सरकार र भारतीय जनतासँग ऐक्यबद्धता रहेको जानकारी गराएको बताए । 

राजदूत शर्माले नेपालका प्रधानमन्त्री, विदेशमन्त्री र पूर्वप्रधानमन्त्रीहरूले यस घटनामा प्रकट गरेको समवेदना र ऐक्यबद्धताबारे पनि विदेशमन्त्री जयशंकरलाई जानकारी गराएका हुन् । 

प्रतिक्रिया दिनुहोस्