
काठमाडौं । झापामा आज (सोमबार) बिहान प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । आज बिहान पौने ९ बजे कनकाई नगरपालिका–४ तल्लो चाप्रामारीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले दुई राउण्ड गोली चलाएको हो ।
शरणामतीबाट सुरूङ्गातर्फ जाँदै गरेको बिआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकललाई रोकेर जाँच्ने क्रममा मोटरसाइकल र झोला फालेर एक पुरूष भागेपद्धि दुई राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रहरीलाई देख्नेबित्तिकै मोटरसाइकल र झोला फालेर मकै घारीभित्र पसेर भागेको रहेछ,’ उनले भने, ‘प्रहरीले झोलासहित २०४.०८० ग्राम बराबरको ब्राउन सुगर बरामद गरेको छ ।’ लागूऔषध कारोबारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














