Logo
Logo

धनकुटामा बस दुर्घटना हुँदा एकको मुत्यु, १४ जना घाइते


441
Shares

काठमाडौं । कोशी लोकमार्ग अन्तर्गत धनकुटाको गोठगाउँमा यात्रुबाहक बस दुर्घटना भएको छ । आज बिहान १० बजेतिर धरानबाट धनकुटा जाँदै गरेको १ ख २१७७ नम्बरको बस गोठगाँउमा सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राई रहेकी छन् ।

सूर्यमणि तामाङ, अनमोल तामाङ, कृष्ण राउत, बस चालक रुद्र तामाङ, गङ्गाप्रसाद सापकोटा, सविना बराइली, देवी टविक, हंशबहादुर राई, पुर्णमाया तामाङ, लिलाबहादुर श्रेष्ठ, दीर्घमाया राई, आयुष राई र धनकुमार विक घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्