
काठमाडौं । बालाजुमा एटिएम तोडफोड गर्दै गरेका एक जना पक्राउ परेका छन्् । मध्यराति साढे १२ बजे काठमाडौं महानगरपालिका–१६ बाइपास ओरालोमा रहेको कुमारी बैंकको एटीएम तोडफोड गर्ने २९ वर्षीय ज्ञानेन्द्र ठकुरीर पक्राउ परेका हुन् ।
एटीएम तोडफोड गरिरहेको भन्ने सूचना आएपछि खटिएको प्रहरी टोलीले नुवाकोट बिदुर नगरपालिका–१३ घर भई हाल माछापोखरी सडक पेटीमा बस्ने ठकुरीलाइ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । ठकुरीले सिमेन्टको ब्लक प्रयोग गरी एटिएम फुटटाएका थिए ।














