Logo
Logo

कान्छी श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या


1.6k
Shares

काठमाडौं । पोखरामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर आफुले आत्महत्या गरेका छन् । सोमबार दिउँसो पोखरा १७ का ऋषिराम बरालले घरायसी झगडामा श्रीमती देवीमाया पराजुलीको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बरालले घरायसी विवादमा धारिलो हतियार प्रयोग गरेर कान्छी श्रीमतीको हत्या गरेपछि आफुले पनि आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको जानकारी दिए ।

‘दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बसदै आउनुभएका उहाँले घरायसी झगडामा धारिलो हतियार प्रयोग गरेर श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ,’ उनले भने ।

घटनास्थलमा चक्कु र मेटासिड नामक विषको खाली डब्बा भेटिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्