काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको केही बेरअघि निधन भएको हो । पछिल्लो समयमा उनी निमोनियाबाट समेत ग्रस्त रहेका थिए । उनको निधनले वामपन्थी आन्दोलनलाई ठुलो क्षति पुगेको प्रचण्डले बताएका छन् ।














