काठमाडौं । नेपाली सेनाका उपरथी मानबहादुर महरालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मङ्गलवार प्रधानसेनापति अशोकराज सिग्देलले जंगीअड्डामा महरालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

गतसाताको मन्त्रिपरिषद् बैठकले महरालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । महरा हाल संयुक्त राष्ट्रसङ्घको लेबनानस्थित युनिफाइल मिसनमा डेपुटी फोर्स कमाण्डरको जिम्मेवारीमा छन् ।
मङ्गलवार नै दुई सहायक रथीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सहायक रथीमा बढुवा भएका मनोज थापा र अर्जुन बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।














