Logo
Logo

सडक भासिएर दबिएको गाडी अझैँ  फेला परेन


630
Shares

 काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १७ स्थित गौरीगाउँमा सडक भासिएर गाडी दबिएको घटना सोमबार दिनभर भूगर्भविद्को टोलीले खोजी गर्दा पनि गाडी फेला परेन ।

घटना शुक्रवार साँझको हो, जब माछा पालन गर्न प्रयोग गरिएको पोखरीको छेउमा बनाइएको कच्ची सडकको हिलोमा फसेको ना ४ च ४८३३ नम्बरको डीआई गाडी अचानक खाल्टोमा दबिएर बेपत्ता भएको थियो । उक्त गाडी माछाको दाना लिन हेटौँडा बजारतर्फ जाँदै थियो ।

घटनास्थलमा भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय टोली खटिएको थियो । टोलीले म्याग्नेटो मिटर प्रयोग गरी भूगोलको चुम्बकीय क्षेत्र र पदार्थको अवस्था अध्ययन गर्दा प्रारम्भिक नतिजा अनुसार, गाडी दलदले माटोको कारण जमिनमा दबिएको देखिएको अधिकारीले बताए ।

भूगर्भविद्हरूले घटनास्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्याङ्क सङ्कलन गरिरहेका छन् । खोजी कार्य आगामी दिनमा पनि निरन्तर जारी रहने छ।

प्रतिक्रिया दिनुहोस्