
काठमाडौं । भारतसँगको यु–१९ महिला टी–२० क्रिकेट शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज आगामी नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृङ्खलाका लागि सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान सोनिसहित रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा, आस्ना चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा रहेका छन् ।
नेपाली टोलीले आउँदो वर्ष आयोजना हुने विश्वकपको तयारीका लागि भारत भ्रमण गर्न लागेको हो । विश्वकपकै तयारीस्वरूप नेपाली टोलीले हालै चीन भ्रमण पनि गरेको थियो । उक्त प्रतियोगितामा नेपालले उपाधि जितेको थियो ।


















