
नेपालमा राजनीतिक व्यवस्थाविरोधी गतिविधि बढिरहँदा भारतीय नेताहरूको दौडधुप चलिरहेको छ । राजावादीले सडक सङ्घर्ष फरक रणनीतिक साथ चालिरहँदा दक्षिणको चासो र दक्षिणतर्फ चासो दुवै बढिरहँदा भएको दौडधुप अर्थपूर्ण छ । उनीहरूले नेपालको वर्तमान राजनीतिक अवस्थाबारे पनि चासो बढाउन थालेका छन् ।
गत हप्ता भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले तीन दिने भ्रमण सकेर फर्किएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल, मधेश केन्द्रित दलका नेता मात्र नभई दोस्रो र तेस्रो तहका मुख्य दलका नेतासँग पनि भेटे ।
चौथाइवालेले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए । उनले भारतको सत्तारुढ दलको धारणा पनि स्पष्ट पारेको बुझिएको छ । मोदी सरकारले नेपालको संविधानलाई समर्थन नगरेको यथार्थ २०७२ मा संविधान जारी हुँदाको घटनाक्रमबाट पनि बुझ्न सकिन्छ । अहिले संविधानमा भएका धर्मनिरपेक्ष, संघीयताविरोधी गतिविधि बढ्न थाल्दा भाजपा नेताहरू नेपालमा चासो बढाउन थालेका छन् ।
भारतका शक्तिशाली मन्त्रीहरू शिवराज सिंह चौहान, मनोहरलाल खट्टरले पनि एक महिनाबीच नेपाल भ्रमण गरे । उनीहरूले पनि महत्त्वपूर्ण भेटवार्ता गरे । चौहान मध्यप्रदेशमा १८ वर्ष मुख्यमन्त्री भइसकेका शक्तिशाली नेता हुन् । कट्टर पनि मोदीका विश्वासपात्र हुन् जसले दिल्ली नजिकैको हरियाणा राज्यको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
भारतको राष्ट्रिय स्वयंसेवक संघका कार्यकारिणी मण्डलका सदस्य सुरेश सोनी पनि नेपाल आए । उनको यो भ्रमण र भेट पनि अर्थपूर्ण छ । विगतमा पनि आरएसएसका प्रभावशाली व्यक्तिहरूको नेपाल आवतजावत हुँदै आएको छ । यसलाई लिएर पश्चिमाहरूले निकै चासो राख्न थालेको देखिन्छ । आरएसएस स्थापनाको सय वर्ष चलिरहँदा नेपालमा पनि ऊसँग निकट संस्थाहरूको सक्रियता बढेको छ ।
यसैबीच, काश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि नेपालमा हिन्दुवादीको सक्रियता बढेको छ । विभिन्न राजनीतिक संघसंगठन र सामाजिक संस्थाले विज्ञप्ति नै निकालेर घटनाको भत्र्सना गरेका छन् । राप्रपाले भत्र्सना गर्दा विज्ञप्तिमा हिन्दुवादी शब्द उल्लेख गरेको छ भने पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुत्व शब्द नै उल्लेख गरेका छन् । हिन्दुत्व शब्द भारतमा आरएसएस र नेपालमा हिन्दू स्वयंसेवक संघ नेपालले प्राथमिकताका साथ प्रयोग गर्ने विचारका रूपमा बुझिन्छ ।
हिन्दुवादीको प्रभाव नेपालको महत्त्वपूर्ण शक्ति र संस्थामा परिरहेको यसबाट बुझ्न सकिन्छ । ठिक यही बेलामा भारतको सत्तारुढ भाजपाका नेताहरूको दौडधुप अर्थपूर्ण छ । भाजपाले नेपालमा हिन्दुराष्ट्रको मुद्दालाई विभिन्न माध्यमले साथ र सहयोग दिने सन्देशका रूपमा पछिल्लो घटनालाई बुझ्न सकिन्छ । नेपालको सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा हिन्दुहरू विस्थापित हुन थालेको र मुस्लिम जनसङ्ख्या बढेकोमा पनि भारतको चासो देखिन्छ । यी घटनाले पनि भारतको सत्तारुढ भाजपा नेपाल मामलामा निकै चासोका साथ सक्रिय भएको बुझ्न सकिन्छ ।
गत हप्ता भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले तीन दिने भ्रमण सकेर फर्किएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, मधेश केन्द्रित दलका नेता मात्र नभई दोस्रो र तेस्रो तहका मुख्य दलका नेतासँग पनि भेटे । चौथाइवालेले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए । उनले भारतको सत्तारुढ दलको धारणा पनि स्पष्ट पारेको बुझिएको छ ।
भाजपा सुरुदेखि नै नेपालमा धर्म निरपेक्षताको विपक्षमा भएको बुझ्न कठिन छैन । मोदी सरकारले नेपालको संविधानलाई समर्थन नगरेको यथार्थ २०७२ मा संविधान जारी हुँदाको घटनाक्रमबाट पनि बुझ्न सकिन्छ । अहिले संविधानमा भएका धर्मनिरपेक्ष, संघीयताविरोधी गतिविधि बढ्न थाल्दा भाजपा नेताहरू नेपालमा चासो बढाएको देखिन्छ ।
भारतका शक्तिशाली मन्त्रीहरू शिवराज सिंह चौहान, मनोहरलाल खट्टरले पनि एक महिनाबीच नेपाल भ्रमण गरेर यहाँको वस्तुस्थिति र नेताहरूको मनस्थिति बुझेर गए । भारतीय नेताहरूको पछिल्लो नेपाल भ्रमण ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेझैँ भएको छ । चौहान मध्यप्रदेशमा १८ वर्ष मुख्यमन्त्री भइसकेका शक्तिशाली नेता हुन् । कट्टर पनि मोदीका विश्वासपात्र हुन् जसले दिल्ली नजिकैको हरियाणा राज्यको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।











