
काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाको आक्रमणमा परी कश्मीरमा तीन भारतीय नागरिकको मृत्यु भएको हो । भारतीय सेनालाई उदृत गर्दै समाचार संस्था रोयटर्स र एएफपीले तीन भारतीय नागरिकको मृत्युबारे उल्लेख गरेका छन् ।
त्यस्तै, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतको आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको बताएका छन् ।
चौधरीका अनुसार आक्रमणमा एक मस्जिदसहित कैयौं स्थानहरूलाई निशाना बनाइएको थियो । त्यसअघि भारतले पाकिस्तानका विभिन्न ९ स्थानमा हवाई आक्रमण गरेको थियो । जसमा ३० जनाको मृत्यु भएको छ ।
कश्मीरको पशलगाम हमलामा एक नेपालीसहित २६ जना पर्यटक मारिएपछि आक्रोशित भारतले पहलगाम हमलाको बदला लिएको बताएको छ । यस घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तानले भारतीय आक्रमणको निर्णायक जवाफ दिने बताएका छन् ।










