Logo
Logo

पाकिस्तानमाथि भारतीय हमला खेदजनक : चीन


4.6k
Shares

काठमाडौं । भारत र पाकिस्तानबीच तनाब बढेपछि चीनले दुबै देशलाई शान्त र संयम रहन आग्रह गरेको छ ।

मंगलबार राति भारतले पाकिस्तानमाथि  ‘अपरेशन सिन्दूर’  नाम दिई हवाई आक्रमण गरेपछि चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारत सरकारले गरेको सैन्य कारबाहीलाई खेदजनक भन्दै दुबै देशलाई संयम रहन आग्रह गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन्, ‘हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ । आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ । थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्