Logo
Logo

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग


819
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एसका उपाध्यक्ष प्रकाश ज्वालाले सरकार बनेको १० महिना वितिसक्दा पनि प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर सरकारले कस्तो पारदर्शिता देखाउन खोजेको हो ? भन्दै प्रश्न गरे ।

उनले देशमा अनियमित, कुशासन, सरकारी कार्यालयमा ढिलासुस्ती, महंगी बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।सर्वसाधारणलाई सिंहदरबार छिर्नका लागि चाहिने पासको व्यवस्था हटाउन मााग गर्दै नेता ज्वालाले कुशासनको अर्को नमूना सिंहदबार गेटमा देखिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्