Logo
Logo

रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थपका लागि अदालतमा पेश


441
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

वैशाख २१ मा अदालतबाट थपिएको पाँच दिनको म्याद आज सकिएपछि उनलाई पुनः अदालतमा लगिएको हो । प्रहरीले अनुसन्धान प्रक्रिया अझै नटुंगिएको भन्दै म्याद थपका लागि अदालतमा पेस गरेको हो ।

यसअघि पनि मिश्रलाई विभिन्न चरणमा म्याद थप गरी अनुसन्धान भइरहेको थियो । यो सातौं पटकको म्याद थप प्रक्रिया हो।

प्रतिक्रिया दिनुहोस्