Logo
Logo

बीजेपी वरिष्ठ नेता कोश्यारी र प्रचण्डबिच भेट


2.3k
Shares

कामठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ । ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा यी दुईबिच भेटवार्ता भएको हो ।

प्रचण्डको सचिवालयले भेटवार्ताको तस्बिर सार्वजनिक गरे पनि भेटवार्ताको विवरण भने  खुलाएको छैन । कोश्यारी नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)का भारततर्फका संयोजक हुन् । एक धार्मिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्