Logo
Logo

फेवातालमा फसेका ७ जनाको उद्धार  


504
Shares

काठमाडौं । बिहिबार कास्की जिल्लाको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा हावाहुरीका कारण स्टयाण्डिङ्ग डबल प्याडल बोट पल्टिदा तालमा फसेका ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण बोट तालको बिच भागमा पल्टिदा भारत घर बताउने २५ वर्षीय सोनु बर्मा, २२ वर्षिया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीय पुनम चौधरी, २५ वर्षीय प्रवीण दिक्षित, २४ वर्षीय श्याम प्रजापति र पोखराको गुरुङ्ग गाउँ बस्ने नेन्दबहादुर गुरुङ्ग फेवातालमा फसेका थिए ।

सो लगत्तै उनीहरूको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा  तैनाथ गोताखोरसहितको सुरक्षा फौज खटिएको हो । उद्धार पश्चात् नन्दबहादुर गुरुङ्गको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको छ । अन्य ६ जना भने अवस्था सामान्य रहेका छ ।

प्रतिक्रिया दिनुहोस्