Logo
Logo

‘प्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी दोहन’


315
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी नदी दोहन भइरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कालीगण्डकी नदी दोहन भइरहेकामा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकीबाट बालुवा र ढुंगा जथाभावी झिक्ने काम जारी रहेको तर सरकार रमिते बनेको आरोप लगाए । अध्यक्ष केसीले दोहन नरोकिए कालीगण्डकी कोरिडोर भासिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्