Logo
Logo

प्रधानमन्त्री ओलीले भने- सरकार फेरिएजस्तै नीति कार्यक्रम नयाँ आएको हो


378
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारको नीति–कार्यक्रम परिवर्तन गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो दावी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘एउटा सरकारको ठाउँमा अर्काे सरकार निर्माण हुनु, अघिल्लो समीकरणलाई नयाँ समीकरणले विस्थापित गर्नु भनेको राजनीति र नीति–कार्यक्रमको ‘कोर्स करेक्सन’ वा परिवर्तन पनि हो ।’

‘फेरिएको ‘कोर्स’ बमोजिम हटाइएका नीति वा कार्यक्रम हेरेर माननीयहरुद्वारा सोधिने ‘पहिलेको खै त?’ भन्ने प्रश्नलाई पनि यसै सन्दर्भमा लिन उनले अनुरोध गरे । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा धेरै नयाँ कार्यक्रम ल्याइएको बताए ।

प्रतिक्रिया दिनुहोस्