Logo
Logo

नीति तथा कार्यक्रममाथिको छलफल सकियो


252
Shares

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएसँगै आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत १९ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २२ वैशाखदेखि सुरु भएको छलफलमा विभिन्न दलका सांसदहरूले पेश गरेका संशोधन प्रस्तावहरू अहिले प्रतिनिधिसभामा निर्णयार्थ पेश भइरहेका छन् ।

आगामी ३० वैशाखदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनेछ । नेपालको संविधानअनुसार, सरकारले प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्