Logo
Logo

सरकार उल्टो बाटो हिँडिरहेको छ : वर्षमान पुन


378
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार उल्टो बाटो हिँडिरहेको  आरोप लगाएका छन् ।  आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले नीति तथा कार्यक्रममा नीति काँग्रेसको र कार्यक्रम एमालेको भएको आरोप लगाए ।

उनले नीति एकातिर र कार्यक्रम अर्कैतिरबाट आएकाले कार्यान्वयनमा शङ्का गर्नुपर्ने भन्दै सत्तागठबन्धन धेरै लामो समय नटिक्ने बताए । उनले उल्टो बाटोमा हिँडेको सरकारले ल्याएको नीति तथा कार्यक्रम भएकाले प्रतिक्रिया दिन पनि अप्ठ्यारो भएको दाबी गरे । 

उनले नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री गम्भीर नदेखिएको आरोप लगाए । युवामा देखिएका निराशा चिर्ने गरी युवा शक्तिलाई आशावादी बनाउने कुनै कार्यक्रम भएको भनेर प्रधानमन्त्रीले नै आत्मविश्वास गुमाएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्