
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत–पाकिस्तानबीच केहि दिनअघिबाट सुरु भएको आक्रमण रोक्न सुझाव दिएको बताएका छन ।
लुम्बिनीमा आयोजित बुद्ध जयन्ती मुल समारोहलाई सम्बोधन गर्दै उनले भारत र पाकिस्तानबीच हात हालाहाल हुन लागेको तर आफूहरुले त्यसो नगर्न सुझाव दिएको बताएका हुन् । साथै उनले युद्ध विस्तार हुन नदिएकोमा दुई मुलुकलाई धन्यवाद दिए ।
‘भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा भारत र पाकिस्तानबीच हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ’, उनले भने, ‘हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर कामना ग¥यौं । उहाँहरूसँग पनि कुरा ग¥यौं, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो, रोनिुभयो ।’














