
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले नेपाल विद्युत् प्राधिकरणले जनतालाई सूचना नदिई पटक–पटक लाइन काट्न थालेको भन्दै आपत्ति जनाएकी छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा सूचनाबिना लाइन काट्दा जनता आहत भइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
साथै विद्युत काटिँदा जनता मारमा परेको भन्दै उनले प्राधिकरणलाई लाइन नियमित दिन रुलिङ गर्न सभामुखसँग माग गरिन् । ‘लाइन नियमित दिइयोस् भनेर सभामा प्राधिकरणलाई रुलिङ गरियोस् भन्ने माग गर्न चाहन्छु,’ उनले भनिन् ।














