Logo
Logo

सरकार ढल्छ भन्नु दिवास्वप्न मात्रै : जुली महतो


567
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद जुली महतो महासेठले वर्तमान सरकार ढल्छ भन्ने सोच्न दिवास्वप्न भएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद महतोले प्रतिनिधिसभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार स्थिर र जिम्मेवार सरकार भएको बताइन् ।

उनले भनिन्, ‘अहिले कांग्रेस र एमालेको स्थिर र जिम्मेवार सरकार छ । यो सरकार बनेसँगै सत्ताको खेल होइन स्थायित्वको युग सुरु भएको छ । कसैले सरकार ढल्छ भन्ने सोचेको छ भने त्यो दिवा स्वप्न हुनेछ ।’ 

उनले अव सत्ताको खेल नभई जनताले स्थायित्व र प्रगतिको अपेक्षा गरेका बताइन् ।  जनताको अपेक्षामाथि षडयन्त्र गर्नु लोकतन्त्रको अपमान भएको सांसद महतोको भनाइ थियो । जनताले लामो सङ्घर्षमार्फत ल्याएको लोकतन्त्र जनताले नै बचाउने महतोले बताइन् । ‘जनताले सङ्घर्षमार्फत ल्याएको लोकतन्त्र जनताले नै जोगाउने छन् । लोकतन्त्रविरुद्ध षडयन्त्र भइरहेको छ । यस विरुद्ध सबै एक भएर अगाडि बढ्नुपर्छ,’ महतोले भनिन् ।

प्रतिक्रिया दिनुहोस्