Logo
Logo

डेडिकेटेड र ट्रंक लाइन बक्यौता : पुनरावेदन गर्ने समय थपियो


189
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली प्रयोग गरी महसुल बक्यौता राख्ने उद्योगीहरूलाई प्रशासकीय पुनरावेदनका लागि पुनः सूचना जारी गरेको छ । मङ्गलवार जारी सूचनामा प्राधिकरणले २०८२ जेठ मसान्तसम्म पुनरावेदनका लागि आवेदन दिन समय दिएको छ । 

 
प्राधिकरण सञ्चालक समितिको वैशाख २१ को निर्णयअनुसार यो म्याद तोकिएको हो । यसअघि वैशाख २६ मा पनि यस्तै सूचना जारी भएको थियो । प्राधिकरणले विगतदेखि नै उद्योगीहरूलाई पुनरावेदनमा आउन आग्रह गर्दै आए पनि उद्योगीहरू तयार देखिएका छैनन् । 

सूचनाअनुसार, २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता भएका ग्राहकले विद्युत् वितरण विनियमावली, २०७८ को प्रावधानअनुसार महसुलको ५ प्रतिशत रकम वा एक वर्षको बैङ्क ग्यारेन्टी धरौटी राखी पुनरावेदन गर्न सक्नेछन् । 

यस्तै, २०७५ वैशाखदेखि २०७८ असारसम्मको बक्यौतामा २०८२ जेठ मसान्तभित्र भुक्तानी वा बैङ्क ग्यारेन्टी बुझाएमा ५ प्रतिशत छुट दिने प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्