काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले १५ जेठबाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताउँदै दमनको प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् । मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले संविधानले दिएको अधिकार प्रयोग गरी भ्रष्टाचार, कुशासन, बेरोजगारी र धर्मपरिवर्तनविरुद्ध आन्दोलन गर्न लागिएको बताए ।

‘आन्दोलनलाई हिंसात्मक भन्दै दुष्प्रचार गर्न खोजिएको छ, तर यो शान्तिपूर्ण हुनेछ,’ थापाले भने । उनले राष्ट्रियता र प्रजातन्त्र सुदृढीकरणसहित हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको अभियान नयाँ ढंगले अघि बढ्ने बताए । राजावादी पार्टी र संघसंस्थाहरूसँगको संयुक्त आन्दोलनमा जनसहभागिता बढाउन उनले कार्यकर्तालाई निर्देशन दिए ।
सरकारले मागप्रति गम्भीर नभए असजिलो अवस्था आउने उनको चेतावनी छ। कार्यक्रममा विभिन्न व्यक्तित्वलाई पार्टीमा स्वागत गरिएको थियो














