
काठमाडौं । आज रुस–युक्रेन युद्धलाई रोक्ने उदेश्यले आज टर्कीको इस्तानबुलमा दुई देशबीच शान्ति वार्ता हुँदैछ ।
यो वार्ता २०२२ मा अवरुद्ध भएका वार्ताहरूको निरन्तरताको रूपमा हेरिएको छ । वार्तामा युक्रेनका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभाागी हुनेछन् ।
जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेटवार्ता गर्ने अपेक्षा राखेका थिए । तर, पुटिन भने यस वार्तामा सामेल नहुने भएका छन् । रुसी प्रतिनिधिमण्डलको नेतृत्व पुटिनका निकट सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने भएका छन् ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बारम्बार पुटिनसँग प्रत्यक्ष वार्ता गर्न इच्छुक रहेको बताउँदै आएका छन् । उनले हालै भनेका थिए, ‘यदि पुटिन वार्तामा सहभागी हुन्छन् भने म उनलाई भेट्न तयार छु । यो युद्ध अन्त्य गर्न हामीले हरसम्भव प्रयास गर्नुपर्छ ।’
यता, पुटिनले पनि ११ मे ०२५ मा इस्तानबुलमा बिना सर्त वार्ता पुनः सुरु गर्ने प्रस्ताव राखेका थिए, जसलाई जेलेन्स्कीले सकारात्मक रूपमा लिएका छन् ।










