Logo
Logo

सुदन किरातीको प्रश्न- बत्ती गइरहन्छ, के यो अघोषित लोडसेडिङ हो ?


2.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनतामा व्यापक असन्तुष्टि रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पूर्वी नेपालको भ्रमणका क्रममा आफूले पनि बत्ती गइरहेको पाएको बताए । पूर्वमन्त्रीसमेत रहेका उनले भने, ‘के यो अघोषित लोडसेडिङ हो कि प्राधिकरणको कमजोर व्यवस्थापनको परिणाम ?’

सांसद किरातीले कुलमान हुँदा नाफामा गएको प्राधिकरण नयाँ एमडीद्वारा प्रस्तुत श्वेत पत्रअनुसार एकाएक संकटग्रस्त देखिनुमा शंका व्यक्त गदै भने, ‘यसबाट हामीले के बुझ्ने ? के प्राधकिरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्चको पूर्वतयारी हो ?’ उनले आकाशमा चिल आयो आयो भनेर धर्तीमा कुखुरा चोर्ने धूर्त स्यालको कथाले अब जनता नझुक्किने बताए ।

प्रतिक्रिया दिनुहोस्