Logo
Logo

काँग्रेस-एमालेबीच सरकार सञ्चालनमा कुनै समस्या छैन : गृहमन्त्री लेखक


378
Shares

सप्तरी । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले ) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट  पारेका छन् ।  

The current image has no alternative text. The file name is: Ramesh-Lekhak.jpg

सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन् सुदृढ हुँदै जाने बताए । गृहमन्त्री लेखकले भने, ‘ देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ ।’ उनले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए । 

 
–––

प्रतिक्रिया दिनुहोस्